डुलुवाको टोली भ्रमणकाे आठौं दिनमा जम्मु कस्मिरमा

पोखरा ।
पोखराको प्रचार–प्रसार गर्दै पश्चिम नेपाल सहित भारतका विभिन्न शहरको भ्रमणमा निस्किएको पोखरेली डुलुवा टोली भारतको जम्मु कस्मिरमा पुगेको छ । टोलीले त्यहाँ पत्रकार भेटघाट गरि पोखराको पर्यटनका बारेमा जानकारी गराएको छ ।
टोलिले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ भने विभिन्न समुहहरुसंग छलफल तथा अन्तरक्रिया पनि गर्दै अगाडी बढेको छ । जम्मुमा रहेका नेपाली समुदायका भारतियहरुले आफुहरुलाई राम्रो स्वागत सम्मान गरेको टोली प्रमुख योगेश भट्टराईले बताए । टोलीले उनीहरुलाई पोखरामा रहका कस्मिरी समुदायका बारेमा जानकारी दिंदै व्यवसायीक सहयोग आदान प्रदानका बारेमा छलफल गरेको थियो । ‘भारत पुगेपछि केहि उल्झन् हुन्छ कि भन्ने सोचेंका थियौं, तर जताततै राम्रो सत्कार पाएका छौं–उनले भने ।
गत २२ गते पोखराबाट हिंडेको डुलुवाले पहिलो दिन कोलपुरमा, दोश्रो दिन रामपुरमा तेश्रो दिन चण्डीगढ, पाँचौं दिन अमृतसरमा छैठौं दिन जम्मुमा तथा सातौं दिन कस्मिरमा बास बसेको भ्रमण टोलीका सदस्य विकास भट्टराईले जानकारी दिए । १९ सदस्यीय भ्रमण टोली यसपछि कारगिल, ले लदाक हुँदै मनाली पुग्ने छ । मनालीमा त्यहाँका व्यवसायीसंग अन्तरक्रियासंगै प्याराग्लाइडिङ्गको कार्यक्रम पनि हुने भट्टराईको भनाई छ ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया