स्वच्छ पोखरा स्वस्थ पोखरेली अभियान

लेखनाथ ।
बार्बर हेल्पिङ हेन्डले अगाडि सारेको स्वच्छ पोखरा स्वस्थ पोखरेली अन्तर्गत शनिबार पोखरा ३१ को अमरसिद्ध नमुना माविको पचभैयामा निःशुल्क स्वास्थ्य शिविर भएको छ । हाडजोर्नी तथा नसारोग सम्बन्धी एक दिने स्वास्थ्य शिविरमा एक सय ५३ जना लाभान्वित भएका हुन् ।
रोग लाग्नु पूर्व नै आफनो स्वास्थका बारेमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले राखिएको शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा.रविमोहन ढकाल र डा.पुष्पराज भुसालले बिरामीहरुको स्वाथ्य परीक्षण गर्दै उपस्थित बिरामीहरुलाई स्वच्छ रहने तरिकाका बारेमा जानकारी गराएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगपालिका वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बिरामी हुनु पूर्व नै आफ्नो स्वास्थ्यको ख्याल गरी निरोगी जीवन बिताउन आग्रह गरेका थिए । अमरसिद्ध नमुना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डा. रविमोहन ढकालले अभियानको उपयोगिता र उद्देश्यको बारेको जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल र शिक्षक रमेश सुवेदीले शिविरले उपयोगी र फलदायी भएको धारणा राखेका थिए ।
वार्वर हेल्पिङ हेन्डले स्वच्छ पोखरा स्वस्थ पोखरेली अभियान अन्तर्गत शनिबार पोखरा ३१ मा आयोजित शिविरमा जनचेतनामूलक सन्देश दिँदै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.रविमोहन ढकाल ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया