चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार

दमौली ।
डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मंगलबार मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्च बापत ५० हजार रुपैयाँ प्रदान गरेको छ । डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्याल, सहायक वन अधिकृत काशिराज पण्डित, सहायक वन अधिकृत सागर खनाल र प्रशासन अधिकृत पुष्प खनालले संयुक्त रुपमा उक्त रकम मृतकका बुबा प्रेमबहादुर बगाले मगरलाई हालै हस्तान्तरण गरेका हुन् ।
बन्दीपुर गाउँपालिका–१ दिल प्राविमा नर्सरीमा अध्ययनरत बालकलाई चितुवाले आक्रमण गरी घरदेखि करिब दुई मिटर माथि जंगलमा लगेको थियो । मृतकका परिवारलाई सुरुमा काजक्रिया खर्च बापत उक्त रकम प्रदान गरिए पनि बाँकी ९ लाख ५० हजार छिट्टै उपलब्ध गराउन पहल गरिने निमित्त डिभिजन वन अधिकृत दयानिधि अर्यालले बताए ।
गाउँपालिका कार्यालयले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई ५० हजार रुपैयाँ दिने यसअघि नै निर्णय गरेकाले उक्त रकम उपलब्ध गराउन पहल भइरहेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया