स्पोट्स अवार्डलाई खेल संघले सघाउने

पोखरा ।
छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ सफल बनाउन गण्डकी प्रदेशका खेल संघहरुले संघहरुले सघाउने प्रतिबद्धता जनाएका छन् । शनिबार पोखरामा आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्नका लागि रचनात्मकसमेत दिए ।
अवार्ड कार्यक्रमलाई विवादरहित बनाउनुपर्नेमा उनीहरुको जोड थियो । खेलाडी, प्रशिक्षक, खेलसंघ र लाइफटाइम अचिभमेन्ट अवार्डका लागि प्रतिभा छनोट गर्ने आधारका बारेमा सहभागीले जिज्ञाशा राखे । प्रतिभा छनोट समितिका संयोजक विनोद लामिछाने, मञ्चका कार्यबाहक अध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले प्रतिभा छनोटका मापदण्डबारे जानकारी दिए । वास्तविक प्रतिभाले अवार्ड पाउनुपर्नेमा उनीहरुको जोड थियो । यसका अलावा मञ्चले खेलाडी तथा खेल संघसँग गर्न खोजेको समन्वयको उपस्थित खेलाडी तथा खेलसंघका प्रतिनिधिले प्रशंसा गरे ।
विश्व खेलकुद पत्रकार दिवसको अवसरमा पोखरा उद्योग वाणिज्य संघमा हुने अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । प्रतिभा छनोटको लागि मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा समिति निर्माण गरिएको छ । समितिले प्रतिभा छनोट गर्नको लागि खेलाडी, प्रशिक्षक र खेल संघको विवरण संकलन गरिरहेको छ ।
गण्डकी प्रदेशमा रहेका जिल्ला खेल संघ तथा प्रदेश खेलसंघलाई पत्राचार गरेर विवरण मागिएको संयोजक लामिछानेले बताए ।
वर्ष २०७८ मा प्राप्त उपलब्धिलाई आधार बनाएर उत्कृष्ट ३ नोमिनेसन सार्वजनिक गरिनेछ । खेलाडीको लागि वल्डकप, ओलम्पिक, एसियन, साफ, राष्ट्रिय, प्रदेश र जिल्ला स्तरीय प्रतियोगिताका लागि अंकभार निर्धारण गरिएको छ । प्रतिभा छनोट समितिको बैठकले अंकभार निर्धारण गरेको हो ।
निर्धारण गरिएको अंकभारको आधारमा प्रतिभा छनोट गरिने तयारी गरिएको उनले प्रष्ट पारे । अवार्ड कार्यक्रमका लागि खेलाडी तथा खेल संघले असार ७ गतेभित्र मञ्चमा विवरण पठाइसक्नुपर्ने छ । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघको लागि पनि मञ्चले मापदण्ड निर्धारण गरेको छ । निर्धारण गरिएको मापदण्डको आधारमा उत्कृष्ट छनोट गरिने आयोजकले जनाएको छ ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया