महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम

पोखरा ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको संयुक्त आयोजना र आइडब्लुजी आइइएको सहयोगमा महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेपाललाई चिनाउने, वीरगाथाको इतिहास बोकेको जाति भनेकै जनजाति भएको बताए । जनजातिहरुको सम्बन्धमा कानुन बनाएरमात्र हुँदैन त्यसलाई व्यवहारमा समेत लागु गरी राज्यले नै पिछडिएका जनजातिहरुलाई सम्बोधन गरी राज्यको हरेक पहुँचमा पुग्न मूल भूमिका खेल्नुपर्छ भन्ने प्रष्ट पारे ।
अधिवक्ता सुरेन्द्र थापामगरले महिला हिंसा विरुद्धका विभिन्न सचेतनामूलक सामग्री समेटिएका प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा आयोजक संस्थाकी पूर्व अर्थ सचिव श्याममाया रानाले पोखरा महानगर पालिकाका विभिन्न वडामा नवनिर्वाचितहरुलाई लक्ष्य गरेर कार्यक्रम आयोजना गरिएको जनाए । कार्यक्रममा संसद मीना गुरुङ, राष्ट्रिय मानव आयोग गण्डकी प्रदेशका अधिकृत मोहन काफ्ले, आदिवासी जनजाति गण्डकी प्रदेशका अध्यक्ष दिलु गुरुङले महिला हिंसा विरुद्धमा आफ्नो धारणा राखेका थिए । कार्यक्रम सञ्चालन राष्ट्रिय जनजाति महासंघका सचिव नानु थामीले सञ्चालन गरेकी थिइन् ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया