कपडाको चप्पल बनाउने तालिम

पोखरा ।
गण्डकी बहुप्राविधिक शिक्षालय २० जनालाई कपडाको चप्पल बनाउन सिकाएको छ । असार ४ गते सुरु भएको १२ दिने तालिम बिहीबार सकिएको हो । शिक्षालयको स्वीकृत पाठ्यक्रम अनुसार भएको ६० घन्टे तालिममा सहभागीले सैद्धान्तिक र प्रयोगात्मक सीप सिकेका छन् ।
पोखरा महानगरले सञ्चालन गरेको शिक्षालयले स्थानीय उत्पादनलाई बढुवा दिँदै स्वरोजगारीका अवसर सृजना गर्न तालिम आयोजना गरेको हो । शिक्षालयले एसइईपछि ३ वर्षे इन्जिनियरिङ तर्फको डिप्लोमा कोर्षसमेत सञ्चालन गरिरहेको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको स्वीकृत बजेट तथा कार्यक्रम र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा ३ महिने मोटरसाइकल रिपेयरिंग तालिम, इसिडी सहजकर्ता तालिम, सिलाइ कटाई तालिम, स्थानीय बाजा बजाउने तालिम र प्लम्बिङका तालिम पनि भइरहेका छन् ।
यी तालिममा छनोट भएका सहभागीले शुल्क तिर्नु पर्दैन । तालिममा प्रयोग हुने सामग्रीसमेत शिक्षालयले नै व्यवस्था गर्ने गरेको छ । ३ सय ९० घन्टे तालिमको हकमा सीप परिक्षण परिक्षा अनिवार्य गरिएको छ । सीप सिकिसकेपछि आत्मनिर्भर बनाउनका लागि पोखरा महानगरपालिका उपप्रमुखसँग महिला कार्यक्रम, पोखरा उद्योग बाणिज्य संघ, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन, बुटिक एसोसिएसन लगायतका संघ, संस्थासँग समझदारी गरिएको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए ।
भवानी टोल महिला समूह अध्यक्ष कल्पना कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भवानी टोल महिला समूहकी उपाध्यक्ष जानुका केसी, सचिव लक्ष्मी रानाभाट, नगरसभा सदस्य तनुजा थापा लगायतले बोलेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया