सहिदका बालबालिकासँग वैवाहिक वर्षगाँठ

पोखरा ।
राजनीतिक परिवर्तनमा सक्रिय सहभागी मणि न्यौपाने र संगीता बरालले ९ वर्षअघि जनवादी विवाह गरेका थिए । बेपत्ता परिवारकी सदस्य संगीता र मणि अहिले पोखरामा मेडिकल क्षेत्रमा कार्यरत छन् । हरेक वैवाहिक वर्षगाँठमा सामाजिक काम गर्दै आएका उनीहरु शुक्रबार पोखराको सहिद स्मृति आवासीय विद्यालय पुगे ।
मणि र संगीताले पोखरा १३ मा सञ्चालन गरेको अन्नपूर्ण क्लिनिकलको आयोजनामा भएको कार्यक्रममा उनीहरुले स्कुललाई आरओ युक्त युरोगार्ड, सेनिटरी प्याड र अत्यावश्यक औषधी प्रदान गरे । यो स्कुलमा माओवादी जनयुद्धका क्रममा सहिद र बेपत्ताहरुका छोराछोरी अध्ययन गर्छन् । मणि भन्छन्, ‘हरेक वर्ष हामी वर्षगाँठमा केही न केही गर्र्छाैं, यसपालि आफ्नै भावनासँग जोडिएको, आफ्नै आन्दोलनसँग जोडिएको शैक्षिक संस्थामा हामी गयौं ।’
संगीताका वुवा चमनलाल नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा बेपत्ता छन् । कार्यक्रममा गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री मधु अधिकारीले प्रदेश सरकारले जनतालाई प्रदेशको आभास दिने गरी विभिन्न योजना ल्याएको बताइन् ।
मन्त्री अधिकारी यो स्कुलको संस्थापक व्यवस्थापन समिति सदस्यसमेत हुन् । कार्यक्रममा माओवादी नेतृ एवं स्कुल व्यवस्थापक समिति सदस्य तेजकुमारी पौडेल, औषधी व्यवसायी समिति गण्डकी अध्यक्ष कृष्ण पाण्डे, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष सुनिल पाण्डे, संगीता बराल लगायतले बोलेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया