लेखनाथ उद्योग बाणिज्य संघमा दौड प्रतियोगीता

लेखनाथ ।
रजत वर्षको अवसरमा लेखनाथ उद्योग बाणिज्य संघले शनिबार सदस्यबीच दौड प्रतियोगिता आयोजना गर्यो । दौड प्रतियोगितामा महिलातर्फ माछापुच्छ्रे गार्मेन्टका सञ्चालक चोलीमाया थापा र पुरुषतर्फ स्मार्ट बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक राहुल थापा प्रथम भए ।
विभिन्न व्यवसायिक प्रतिष्ठानका ९१ जना प्रतियोगिता सहभागी थिए । महिला व्यवसायीतर्फ सुष्मा सापकोटा द्वितीय, छायाँ बसौला तृतीय, सरस्वती बराल, ईन्दु जिसी र एलिसा बराल क्रमशः चौथो, पाँचौं र छैटौ बने । पुरुषतर्फ महेन्द्र नेपाली द्वितीय, मदनकुमार थापा तृतीय, खिमनाथ शर्मा, अपील सुबेदी र प्रकाश भुर्तेल क्रमश चौथो, पाँचौ र छैटौ भए । पूर्व अध्यक्षतर्फ सुमन भट्टराई पहिलो बने ।
लेउवा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाकोे अध्यक्षतामा भएको प्रतियोगिताका निर्णायकमा हरुमा सिद्धान्त अधिकारी, मनिषा अधिकारी, गोपबहादुर अधिकारी, हरि वरुवाल र गजबहादुर गुरुङ थिए । कार्यक्रममा संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) र अध्यक्ष छत्रधर आत्रेयले पनि बोलेका थिए ।








ऐतिहासिक ढुंगेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ
कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया