
स्याङजा ।
स्याङ्जाको गल्याङ नगरपालिका ७ र ८ जोड्न आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । हेर्दा वारिपारि जस्तोदेखिए पनि आँधीखोलाले बनाएको गल्छी पार गरेर वा अन्यत्रैबाट घुमेर आउँदा घण्टौँ समय खर्चनुपर्ने अवस्था अन्त्य गर्नका लागि गल्याङको पेलाकोट र वडा नं ८को चिउरीलाई जोड्न पुल निर्माण गरिएको हो ।
नुवाकोटको एसए शैलेन्द्र जेभीले २०७७ असारमा निर्माण सुरु गरेको उक्त पुल २०७८ वैशाखमा सक्नुपर्ने भए पनि कोरोनाका कारण समयावधि थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । उक्त पुल २०७९ साउन २० सम्ममा सक्नेगरी समयावधि थप गरिएकामा निर्धारित समयअगावै सम्पन्न भएको हो । तीनसय अठसठ्ठी मिटर लामो पुल निर्माणका लागि रु एक करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणसँगै विशेषगरी गल्याङ र पेलाकोटका नागरिकलाई छिटो आवत–जावत गर्न सहजा हुनाका साथै सिद्धार्थ राजमार्गसित पनि जोडिएको छ ।
पुलको अभावमा एक घण्टाभन्दा बढी समय लगाएर सिद्धार्थ राजमार्गमा आउनुपर्ने बाध्यता छोट्याउनका लागि पुल निर्माण गरिएको गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्लले बताए । आर्थिक वर्ष २०७६-७७ मा बजेट विनियोजनपश्चात् डिपिआर भई बोलपत्र आह्वान गरेर निर्माण थालिएको उनले जानकारी दिए । ‘पुल निर्माणसँगै घण्टौँ समय लगाएर आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य भएको छ’, सांसद मल्लले भने, ‘स्थानीयवासीलाई आवतजावतमा सहजता हुनाका साथै पुल लामो र अग्लोसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्नेछ ।’
पुल निर्माणसँगै अहिले सामाजिक सञ्जालमा तस्वीर राख्ने, टिकटक बनाउनेहरु बढ्दै गएका छन् । यातायातको असुविधा तथा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा दर्शनार्थीलाई पुग्न सहज हुने भएको छ । पुल निर्माणसँगै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउनका लागि टेवा पुग्नाकासाथै धार्मिक पर्यटन र साहसिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार थप गर्दै लैजानु आवश्यक रहेको स्थानीयवासीले बताए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया