पोखरा सुनचाँदी व्यवसायीमा पुष्पमान

समाधान संवाददाता २०७९ असार २० गते १२:३७

पोखरा ।
पोखरा सुनचाँदी व्यवसयी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन् । संघको २३ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रवीण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सहसचिवमा रवीन्द्र बज्रचार्य चयन भएका छन् ।

सदस्यमा ईश्वरमान बुद्वाचार्य, महेशरत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्राचार्य चयन भए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचाँदी व्यवसायी व्यवसायलाई मर्यादित बनाएर ग्राहकलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य, नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचादी व्यवशायीको हकहितको बारेमा बोलेका थिए । दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा बनेको निर्वाचन मण्डलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्य थिए । संघमा ४४ सदस्य छन् ।

Advertisement

तपाईको प्रतिक्रिया