महिला उद्यमी संघकाे सिताके च्याउ उत्पादन तालिम

पोखरा ।
महिला उद्यमी संघ र हिमाली पवित्र आमा समुहको संयुक्त आयोजनामा सिताके च्याउ तथा कुरिलो व्यवसायिक खेती तालिम सम्पन्न भएको छ । पोखरा महानगर वडा नम्बर १७ को सहयोगमा पोखरा १७ ड्यामसाइडमा ३ दिने तालिम सम्पन्न भएको हो । कार्यक्रमको सभापतिमा आमा समूहकी अध्यक्ष सावित्री अर्याल थिइन् ।
च्याउ तथा कुरिलो घरको सानो खाली स्थानमा उत्पादन गर्न सकिने हुँदा शहरमा बसेर पनि आर्गनिक, ताजा तरकारि खान पाइने कार्यक्रमकी प्रमुख अतिथि पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाहीको भनाइ थियो । संघकी अध्यक्ष पार्वती पौडेलले तालिम प्राप्त गरेर मात्र उद्यम गर्दा उद्यमशीलताको विकास गर्न सकिने बताइन् । च्याउ तथा कुरिलो व्यवसायमा आउन चाहनेलाई तालिमले सहयोग पुर्याउने उनले बताइन् ।
तालिममा पोखरा १७ का आमा समूह, युवा क्लब, महिला क्लब, टोल विकास संस्थाका लगभग १०० जना प्रतिनिधिहरुको सहभागी थियो । सैद्धान्तिक र प्रयोगात्मक विधिबाट प्रदान गरिएको तालिम प्रभावकारी भएको सहभागीले भनेका थिए । सहभागीलाई काठको मुढा, च्याउको बिउ, कुरिलो र कागतीको बेर्ना वितरण गरिएको थियो ।
सिताके च्याउ व्यवसायी पदमबहादुर ढकालको च्याउ फर्म पनि अवलोकन गरिएको थियो । पोखरा महानगर कृषि महाशाखाका प्राविधिक सुरोज सिलुवाल र शिवसिंह धामीले प्रशिक्षण दिएका थिए ।










भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया