रोटरी पोखरा मिडटाउनको स्थापन

पोखरा ।
रोटरी क्लब अफ पोखरा मिडटाउनको २१ औं पदस्थापन सोमबार भएको छ । क्लबको वर्ष २०२२–०२३ मा रवीन्द्रनाथ बस्तोलाको अध्यक्षतामा निर्वाचित बोर्डलाई डिस्ट्रिक ३२९२ का गभर्नर इलेक्ट राजेन्द्र ध्वजुले पदस्थापन गराए ।
निवर्तमान अध्यक्षमा दिलीप शर्मा, आगामी अध्यक्षमा सोनी ढेवाजु, उपाध्यक्ष सूर्य बराल र संगिता तिमिल्सिना छन् । सचिवमा विकास अधिकारी, कोषाध्यक्ष विष्णुमाया गुरूङ, सहसचिव शिव कोइराला, बोर्ड डाइरेक्टरमा केशव आचार्य, सन्तोष पोखरेल, उपेन्द्र पौडेल, नवराज तिवारी र शान्ति श्रीष छन् ।
क्लबका इडिटरमा डा पविन थापा, मनिटरमा रत्नमान गुरूड र ट्रेनरमा रामचन्द्र पौडेल छन् । समारोहमा क्लबले यस भोकेसनल अवार्डबाट काठमाडौं बेकरीका सन्चालक रोशन महर्जनलाई सम्मान गरेको छ । कार्यक्रममा शैक्षिक उपाधि हासिल गर्ने १८ रोटरीका परिवारजन एवं छोराछोरीलाई समेत सम्मान गरिएको छ ।
अध्यक्ष रवीन्द्रनाथ बस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्र ध्वजु, पूर्व डिस्ट्रिक गभर्नर किरणलाल श्रेण्ठ, असिस्टेन्ट गभर्नर राजेन्द्र लिगल, पब्लिक इमेज कोचियर राजकुमार गुप्ता, पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, सम्मानित व्यक्तित्व रोशन महर्जन, क्लबका उपाध्यक्ष सोनी ढेवाजु, सचिव विकास अधिकारी लगायतले बोलेका थिए ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया