सराङ्कोटका किसानलाई मेसिन र बिरुवा

पोखरा ।
कास्कीको सराङ्कोटमा कृषकलाई कृषि सामग्री र विभिन्न फलफूलका बिरुवा हस्तान्तरण गरिएको छ । कृषि ज्ञान केन्द्र कास्की र भावना सामुदायिक कृषि सहकारी संस्था सराङ्कोटको सहयोगमा ती सामग्री वितरण गरिएको हो ।
क्लस्टरमा रैथाने बाली संरक्षण तथा विस्तार कार्यक्रम अन्तर्गत हाते ट्याक्टर, भकारी र विभिन्न फलफूलका बिरुवा सोमबार एक कार्यक्रम आयोजना गरेीकृषकलाई बाँडिएको सहकारीले जनाएको छ । कृषकलाई ६ बटा हाते ट्याक्टर मिनी ट्याक्टर, २५ वटा भकारी र ५ सय ६५ बटा विभिन्न फलफूलका बिरुवा प्रदान गरिएको छ ।
लिची, अम्बा, आँप, एभोकाडो, सुन्तला र कागतीका बिरुवा किसानलाई वितरण गरिएको हो । पोखरा महानगरपालिकाको कृषि तथा पशु विकाश महाशाखाको ५० प्रतिशत अनदानमा १६ लिटर क्षमताका १०स्प्रे वितरण गरिएको छ । भावना सामुदायिक कृषि सहकारी सराङ्कोटको ५० प्रतिशत अनुदानमा १६ लिटर क्षमताका १५ बटा स्प्रे पनि कृषलाई प्रदान गरियो । पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले कृषकको तथ्यांक संकलन गरिने बताए । कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारीले यो कार्यक्रम अर्काे वर्ष पनि सञ्चालन गरिने जानकारी दिँदै रैथाने बाली संरक्षण गर्नुपर्नेमा जोड दिए ।
सहकारीका अध्यक्ष बलराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु नवराज सुवेदी, रमेश थापा, मीना नेपाली र कल्पना ढकाल, सहकारीका सचिव मीनबहादुर थापा, उपाध्यक्ष बेलबहादुर थापा र संस्थापक अध्यक्ष मित्रमणि तिमिल्सिनाले बोलेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया