नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको नयाँ कार्यसमिति चयन

पोखरा ।
नेपाल चार्टर्ड एकाउन्टेन्टसको नयाँ कार्यसमिति चयन भएको छ । चार्टर्ड एकाउन्टेन्टसको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको ३४ औं कार्यसमितिको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो ।
शनिबार असार ११ गते भएको निर्वाचनमा गण्डकी प्रदेश प्रमुखमा सिए सागर लामिछाने चयन भएका छन् । सिए विवेक श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय कास्की जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । कास्की जिल्ला उपसभापतिमा सिए दीपक भुर्तेल सचिवमा सिए सागर आचार्य, कोषाध्यक्षमा सिए पुरोचन उदास र सदस्यमा सिए सबिना महर्जन, सिए विक्रम पराजुली, सिए सुजन कार्की, सिए उभेक कुमार श्रेष्ठ र सिए विवेक कुमार श्रेष्ठ चयन भएका छन् ।
समितिको सल्लाहकारमा सिए बिमल लम्साल, सिए अर्जुन गोशेली र सिए अमित थापा चयन भएका छन् । नव निर्वाचित पदाधिकारी तथा सदस्यको असार १५ गते बुधबार म्यारिट होटल काठमाडौं नागपोखरीमा नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । निर्वाचन अधिकृत सिए गोपाल प्रसाद श्रेष्ठबाट शपथ ग्रहण गराएका थिए ।
कास्की बाहेकका गण्डकीका बाँकी जिल्लामा कार्यसमिति गठन गर्न बाँकी नै छ । यस्तै गण्डकी बाहेकका बाँकी प्रदेशमा पनि नयाँ कार्यसमिति चयन गर्न बाँकी नै रहेको नव निर्वाचित कार्यसमिति सदस्य सुजन कार्कीले जानकारी दिए । नव निर्वाचित कार्यसमितिले लेखा व्यवसाय र समग्र अर्थतन्त्रमा सिएहरुको बढ्दो भुमिकालाई उजागर गर्नतर्फ अहम् भुमिकालाई उजागर गर्नतर्फ लाग्ने बताएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया