माछापुच्छ्रेलाई जिल्ला स्तरीय रनिङ सिल्ड

पोखरा ।
कास्की जिल्ला स्तरीय रनिङ सिल्ड उपाधि माछापुच्छ्रे गाउँपालिकाले उचालेको छ । पोखरा रंगशालामा भएको प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४ रजत र १ कास्य पदकसहित रनिङ माछापुच्छ्रेले सिल्ड जितेको हो । प्रतियोगितामा पोखरा महानगर पालिका १४ स्वर्ण र ११ रजतसहित उपविजेता बन्दा अन्नपूर्ण गाउँपलिका १ स्वर्ण र २ कास्यसहित तेस्रो भएको छ ।
माछापुच्छ्रेले रनिङ सिल्डसहित नगद १२ हजार, पोखरा महानगरले नगद ९ हजार र अन्नपूर्ण गाउँपालिकाले ५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा छात्र भलिबलतर्फ अन्नपूर्णले स्वर्ण जित्दा पोखरा महानगरले रजत र माछापुच्छ्रेले कास्य पदक जितेको छ भने छात्रातर्फको भलिबलमा पोखरा महानगरले स्वर्ण, माछापुच्छ्रेले रजत र अन्न्पूर्णले कास्य पदक हात पारेका छन् ।
कब्बडी छात्रतर्फ पोखराले स्वर्ण र माछापुच्छ्रेले रजत जितेको छ भने छात्रा कब्बडीमा माछापुच्छ्रेले स्वर्ण र पोखरा महानगरले रजत पदक पाएका छन् । यस्तै, एथलेटिक्स छात्र र छात्रातर्फ माछापुच्छ्रेले स्वर्ण १४, कास्य १२, पोखरा महानगरले १२ स्वर्ण र रजत ९ वटा पदक जित्न सफल भयो भने अन्नपूर्णले समग्रमा ४ कास्य पदक जितेको छ । एथलेटिक्स खेलमा १३ इभेन्ट भएको निर्णायक श्यामबहादुर श्रेष्ठले बताए ।
प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसी, उपाध्यक्ष चन्द्रा अधिकारी, शिक्षा महाशाखा प्रमुख बलराम भुगाई, क्षेत्रीय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङ, क्षेत्रीय खेलकुदका लेखा प्रमुख डिबी नेपाली, जिल्ला भलिबल संघका अध्यक्ष विष्णुबहादुर गुरुङ लगायतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत एथलेटिक्स, भलिबल, कव्वडी, तेक्वान्दो, उशु र कराते गरी ६ खेल आयोजना भएका थिए । यो प्रतियोगिताबाट प्रदेश स्तरीय रनिङ सिल्डका लागि ८४ खेलाडीको छनोटसमेत गरिएको कार्यालय प्रमुख बरालले बताए । प्रदेशस्तरीय रनिङ सिल्ड यही असार २३ र २४ गते पोखरामा आयोजना हुँदै छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया