श्रमिक महिलालाई मनोविमर्श सेवा

पोखरा ।
ललिलपुरको छोरी नामक संस्थाले पोखरामा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलालाई घुम्ती मनोविमर्श शिविर गरेको छ । २ दिने शिविरमा ४९ जना श्रमिकको सहभागिता रहेको संस्थाका पूर्व अध्यक्ष तथा कार्यकारी निर्देशक हिरा दाहालले जानकारी दिइन् ।
उनले संस्थाले महिला तथा किशोरीलाई निशुल्क मनोविमर्श सेवा दिइएको बताइन् । ‘मनोरञ्जन क्षेत्रमा काम गर्ने धेरै महिलाको पारिवारिक सम्बन्ध राम्रो छैन । घरायसी तथा कार्यस्थलमा हिंसाको शिकार भएका छन्,’ उनले भनिन्, ‘संस्थाको मुख्य काम मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई मनोविमर्श सेवा दिने हो । प्रभावित महिलालाई छोरी हस्तकला उद्योगमा काम दिन्छौं ।’
उनले व्यक्तिगत अनुभव सुरक्षित रुपमा आदान गर्ने थलोको रुपमा मात्र नभएर संस्थाले सम्मानित जीवनयापनका लागि सहजीकरण गरेको जानकारी दिइन् ।
परामर्शदाता शारदा पुरीले शिविरमा सहभागीको रिस, निद्रा, डर र चिन्ताको अवस्थाको लेखाजोखा गर्दा ६० प्रतिशतको अवस्था धेरै सुधार गर्नुपर्ने पाइएको बताइन् । उनले २४ प्रतिशतको अवस्था ठीकै र एकदमै राम्रो अवस्था १ जना सहभागीको मात्र पाइएको जानकारी दिइन् ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया