ट्रमा काउन्सेलिङ तालिम

पोखरा ।
नेपाल अपाङ महिला संघको आयोजनामा पोखरामा अपांगता भएका महिला, बालिकाविरुद्ध हुने लैगिंक हिंसा र आघात व्यवस्थापनसम्बन्धी ५ दिने ट्रमा काउन्सेलिङ तालिम सुरु भएको छ ।
विभिन्न परिस्थितिका कारणा अपांग भएकाहरुले भोग्नु परेको विभेद, हिंसा र त्यसबाट उत्पन्न हुने मानसिक स्वास्थ्य समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित रहेको सहजकर्ता कञ्चन रावतले जानकारी दिए । उनले भने, ‘जीवन सधै सोचे जस्तो हुँदैन । सोच्दै नसोचेका कतिपय घटना दुर्घटनाले मानिसको जीवनले फरक मोड लिन्छ, त्यसलाई स्वीकार्न मानिसलाई निकै गाह्रो हुन्छ । यसबाट मानसिक समस्याहरु देखिन्छन् ।’
रावतले ५ दिवसीय तालिमबाट विभिन्न मोडमा रहेका अपांगता भएका महिलालाई उदासी र नैराश्यताबाट टाढा रहेर कसरी सकारात्मक रुपमा सार्थक जीवन जिउने भन्ने विषयमा सिकाउने उल्लेख गरे । सेवाग्राहीको प्रारम्भिक अवस्थाको मनोविज्ञान अध्ययन गरेर सेवा प्रदायकले सोही आधारमा प्रभावकारी सेवा प्रदान गर्न सक्ने व्यवहारिक पक्षलाई तालिममा समावेश गरिएको रावतको भनाइ छ ।
नेपाल अपांगता महिला संघका अध्यक्ष तारा दाहालले अपांगता भएकाप्रति समाज अझै पनि सकारात्मक हुन नसकेको जनाइन् । उनले प्रदेशका कास्की, तनहुँ, म्याग्दी, गोर्खा जिल्लाका अपांगता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात व्यवस्थापन र मनोपरामर्श तालिम प्रदान गरेर उनीहरुको पीडालाई कम गर्ने तालिमको उद्देश्य रहेको उल्लेख गरिन् ।
नेपालमा भूकम्प र कोभिडपछि मानसिक स्वास्थ्यमा धेरै समस्या देखिएको र यसलाई अझै पनि समाजले समस्याको रुपमा लिन नसक्दा यो विकराल बन्दै गएको उनको भनाइ छ ।
तालिममा राष्ट्रिय अपांग महासंघ अनुशासन आयोगका सदस्य लोचना अधिकारीले समाजमा अपांगता भएका महिलाले विभिन्न खाले हिंसा भोगिरहेको तर त्यसलाई बाहिर ल्याउन सहज वातावरण नहुँदा पीडा लिएर बाँच्न बाध्य भएको सुनाइन् । तालिममा प्रदेशका ४ जिल्लाका ३० जना सहभागी रहेको संघका गण्डकी प्रदेशका फोकल पर्सन गंगा देवकोटाले जानकारी दिइन् ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया