३० लाख बिमा रकम भुत्तानी
समाधान संवाददाता
२०७९ असार ३१ गते ११:१०

पोखरा ।
गुराँस लाइफ इन्स्योरेन्समा केही वर्ष पहिले जीवन बिमा गर्दा प्राण घातक रोगको सुविधा लिएका मुटुरोग लागेका बिमितलाई कम्पनीले बिहीबार ३० लाख भुक्तानी गरेको छ । पोखरा २९ पावर हाउस निवासी ३९ वर्षका मनप्रसाद थापामगरलाई पोखरा न्युरोड स्थित इन्स्योरेन्सको कार्यालयमा आयोजित कार्यक्रममा क्षेत्रिय कार्यालय पोखराका प्रमुख हरि शर्मा पौडेलले ३० लाखको चेक प्रदान गरे ।
यो सुविधा ५ लाखदेखि ५० लाखसम्म मात्र लिन पाइने र कम्पनीले २० वटा रोगलाई प्राण घातक रोगमा समाबेस गरेको क्षेत्रिय कार्यलय पोखराका प्रमुख पौडेलले वताए । थापाले जीवन बिमा गर्दा प्राण घातक रोगका लागि ३० लाखको बिमा गरेको १ वर्ष पूरा भएको बिमा कम्पनीका वरिष्ठ क्षेत्रिय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले बताए ।
सम्बन्धित








पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया