पोखरा फिस्टेलको पदस्थापना

पोखरा ।
रोट्याक्ट पोखरा फिस्टेलको १६ औं पदस्थापना कार्यक्रम भएको छ । रोट्याक्ट डिस्ट्रिक ३२९२ अन्तर्गत पहिलो महिला सदस्यमात्रै आबद्ध क्लबले १६ औं अध्यक्षको रुपमा रोटा वर्ष २०२२/०२३ का लागि डिम्पल क्षेत्रलाई चयन गरेको छ ।
कार्यक्रममासंविधान सभा सदस्य शारदा पौडेलले महिलाले सामाजिक कार्यमा अग्रसर भएर समाज रुपान्तरणमा भूमिका खेलेको देख्दा खुसी लागेको बताइन् । उनले समाजका विभिन्न अग्रणी संघ, संस्थाको नेतृत्व तहमा महिला पुग्नु र सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा सामाजिक परिवर्तनको आन्दोलनसमेत सशक्त बन्ने बताइन् ।
रोटरी क्लब अफ पोखरा फिस्टेल २०२२/२३ का अध्यक्ष शिवप्रसाद पराजुलीले क्लबले समाजमा सक्रियता बढाएकोमा प्रशन्नता व्यक्त गरे । क्लबकी पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले आफू हरेक क्षेत्रमा नेतृत्व तहमा पुग्दा त्यसमा रोट्रयाक्ट पोखरा फिस्टेल र यसको आबद्धता महत्वपूर्ण साबित भएको सुनाइन् । डिम्पल क्षेत्रीले प्रस्तुत गरेका कार्ययोजनाबाट आफू प्रभावित भएको उनको भनाइ छ ।
क्लबमा ७ जनालाई नयाँ सदस्यता दिइएको छ । अध्यक्ष क्षेत्रीले १३ सदस्यसहितको बोर्ड अफ डाइरेक्टर चयन गरेकी छिन् । जसमा उनीसहित कृष्टिना भट्टराई, एलिसा आचार्य, सम्झना पौडेल, सुरुचि रेग्मी, रजनी आचार्य, सन्ध्या रेग्मी, एञ्जिला थकाली, सुशीला मल्ल, रचना क्षेत्री, अक्क्षी थापा, सलोमी रोका र स्वस्तिका थापा छन् ।
तपाईको प्रतिक्रिया