चाउथेमा युआरएलको सेवा केन्द्र

समाधान संवाददाता २०७९ साउन १ गते ११:५३

पोखरा ।
युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)ले पोखरा १४ को चाउथेमा सेवा केन्द्र खोलेको छ । पोखरा महानगरका विभिन्न क्षेत्र र गण्डकी प्रदेशबासीलाई स्थानीय रुपमै गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने उद्देश्यले युआरएलले ११ औं स्थानमा सेवा विस्तार गरेको हो ।

यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक र शिशुवाबाट सेवा दिइरहेको छ । युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ । सेवा सुरुआतको अवसरमा शनिबार युआरएल चाउथे परिसरमा निशुल्क शिविरसमेत आयोजना गरिएको छ । शिविरमा ३ सय ७ जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । शिविरमा अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजमा समेत ५० प्रतिशत छुट दिइएको छ ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह तथा टिजीबारे प्रकाश पारे । उनले उचित जीवनशैली, स्वास्थ्य सजगता र समयमै जाँच गरे धेरै रोगबाट बाच्न सकिने उल्लेख गरे । पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले निजी स्वास्थ्य संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ्नु प्रशंसनीय भएको विचार राखे । उनले भावी दिनमा युआरएल र चाउथे स्वास्थ्य क्लिनिकसँग सहकार्य गरिने बताए ।

Advertisement

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र लोकप्रिय ल्याब भएकाले आफूहरु प्रदेशलाई रगत जाँचमा आत्मनिर्भर बनाउन लागेको उल्लेख गरे । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रदेशलाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउने दिशामा संस्था लागेको बताए । गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पुर्‍याउन युआरएल लागिपरेको युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले बताए । उनले चाडै पोखराको विरौटा सेवा दिइने उनले उल्लेख गरे ।

सेवा केन्द्र सुरुआत भएको अवसरमा साउनभर सबै प्रकारका रगत जाँचमा ३० प्रतिशत छुट दिइने सञ्चालक मणि न्यौपानेले जानकारी दिए । उनले युआरएल चाउथेसँगै रहेको चाउथे स्वास्थ्य क्लिनिकले साउन ५ गतेबाट सेवा दिने बताए । पोखराको तेस्रो ठूलो वडा पोखरा १४ का बासिन्दाको माग र आवश्यकतालाई मध्यनजर गरी क्लिनिक र ल्याबसँगै सञ्चालन गरिएको उनको भनाइ छ ।

Advertisement

युआरएलले अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय १५ वटा निशुल्क स्वास्थ्य शिविर गरिसकेको छ ।

तपाईको प्रतिक्रिया