प्रदेश १ मा ओटेफ गठन

पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) पोखरा र प्रदेश नं १ का महिला पर्यटन व्यवसायीबीच अनुभव आदानप्रदानसहित पर्यटन प्रवद्र्धनका व्यवसायिक विषयमा छलफल भएको छ । सो अवसरमा ओटेफ पोखराको पहलमा महिला पर्यटन व्यवसायी मञ्च प्रदेश नं १ समेत गठन गरिएको थियो ।
प्रदेश १ को अध्यक्ष सुशीला सापकोटा र उपाध्यक्ष दिव्या भटराई, ललिता प्रसाई, महासचिव शारदा उप्रेती पराजुली, सचिव स्तुती श्रेष्ठ र कोषाध्यक्ष रोमी पौडेल छन् । कार्यसमिति २० सदस्यीय छ ।
ओटेफ पोखरा र प्रदेश नं १ का महिला पर्यटन व्यवसायीबीच अनुभव आदानप्रदानसहित पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने सहमति
पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउने आर्थिक सशक्तीकरणसँगै गण्डकी प्रदेश पोखरा र प्रदेश नं १ बीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले पोखराबाट अध्यक्ष र सल्लाहकारसहित पुगेको टोलीले प्रदेश नं १ मा पर्यटन प्रवद्र्धन केन्द्रित कार्यक्रम गरेको हो ।
कार्यक्रममा इलाम नगरपालिका प्रमुख केशव थापाले पर्यटकीय स्थल पोखराबाट इलामले पर्यटन प्रवद्र्धनमा लागि धेरै कुरा सिक्न सक्ने जनाए । पर्यटनका लागि प्रचारप्रसारको आवश्यता औल्याउँदै उनले समन्वयकारी भूमिका खेल्न ओटेफलाई आग्रह गरे ।
उपप्रमुख विष्णुमाया दाहाल लिम्बुले महिला सशक्तीकरणका लागि आर्थिक सशक्तीकरणको आवश्यता औल्याउँदै पूर्वका महिला उत्पादनमा अगाडि रहेको बताइन् । उनले कर्ममा विश्वास गरेर निरन्तरअघि बढे एक दिन मूल्यांकन हुने बताइन् । जनाउँदै महिलाले आफ्नो मेहनत र लगनशीलता त्याग्न नहुने धारणा राखिन् । नगरपालिकाले महिलाको क्षमता विकास र सीप विकासका लागि बजेट छुटाएको जानकारी उनले गराइन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य कृष्ण शाहले गण्डकी र प्रदेश १ का महिलाबीच अन्तरक्रियात्मक एवं क्षमता विकास कार्यक्रमले पर्यटन प्रवद्र्धन साथै पूर्वमा उत्पादित सामानको प्रचारप्रसार र बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
नगर पर्यटन परिषदको आयोजना, नेपाल पर्यटन बोर्ड नेपालको प्रवद्र्धन र इलाम नगरपालिकाको सहयोगमा सञ्चालित प्रदेश स्तरीय कार्यक्रममा प्रदेश नं १ का ६ जिल्लाका व्यवसायिक महिलाको सहभागिता थियो । कार्यक्रममा सहभागीले पूर्वमा उत्पादन गरेका सामानको प्रवद्र्धन गर्न पोखरा उपयुक्त गन्तव्य भएकाले समन्वय गर्न पोखराका व्यवसायी महिलालाई अनुरोध गरेका थिए ।
इलामको चियासँगै प्रदेश एकमा अलैची, अदुवा, आलु, अम्रिसो, अर्थोडक्स, किबी, चिज, छुर्पी, ललिपपले प्रसिद्ध रहे पनि उचित बजार व्यवस्थापन अभाव रहेको सहभागीको भनाइ थियो । पूर्वका उत्पादित सामानलाई कोशेलीको रुपमा ब्रान्ड गर्न साझेदारीको खाँचो उनीहरुले औंल्याए । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) पोखरा अध्यक्ष पार्वती पाण्डेले पोखराको पर्यटन र महिला पर्यटन व्यवसायीको अवस्थाबारे प्रकाश पारिन् । उनले पूर्वको उत्पादनलाई पोखरामा प्रवद्र्धन गर्नका लागि पहल गर्ने बताइन । ओटेफकी सल्लाहकार देवका पहारीले पर्यटन क्षेत्रका आफ्ना अनुभवसँगै पश्चिम र पूर्वबीचको सम्बन्धलाई मजबुत बनाएर उत्पादनलाई प्रवद्र्धन गर्न समन्वयकारी भूमिका खेल्ने जनाइन् ।
कार्यक्रममा नगर पर्यटन परिषदका इलामका अध्यक्ष प्रकाश अधिकारीले पोखरा पर्यटकीय क्षेत्र भएकाले सो क्षेत्रका महिला र पूर्वका पर्यटन व्यवसायी महिलाबीच अनुभव आदानप्रदानले प्रदेश १ र पोखरा बीचको सम्बन्ध प्रगाढ हुनुका साथै व्यवसायिक साझेदारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागीलाई नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले पर्यटनमा महिलाको अवस्था र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया