फेमिली पिस एसोसिएसनको जिल्ला कमिटी गठन

पोखरा ।
फेमिली पिस एसोसिएसन नेपालले विन्दुराज घिमिरेको अध्यक्षतामा सात सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरूमा तोयबहादुर भट्टराई, बाबुराम बराल, सरोजनारायण बराल, गोमा पराजुली, उमा भण्डारी र रामचन्द्र पोखरेल रहेका छन् ।
संस्थाका राष्ट्रिय उपाध्यक्ष कृष्णप्रसाद भट्टराईको उपस्थितिमा नवगठित जिल्ला समितिका सदस्यहरूलाई खादा र टीका लगाएर सम्मान गरिएको थियो । होटल जल महलमा सम्पन्न उक्त कार्यक्रममा कास्कीका विभिन्न सङ्घसंस्थाका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।
‘आदर्श परिवार नै विश्वशान्तिको आधार’ भन्ने मान्यतालाई आत्मसात् गर्दै नेपालमा परम्परागत रूपमा प्रचलित तीनपुस्ते पारिवारिक संरचनालाई प्रोत्साहन गर्दै आदर्श परिवार निर्माण गर्ने उद्देश्यका साथ यस संस्थाको स्थापना भएको हो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा उपस्थित रामपुर कृषि तथा वनविज्ञान विश्वविद्यालयका भेटनरी डिन प्रा.डा. होमबहादुर बस्नेतले पारिवारिक शिक्षाको महत्त्वमाथि प्रकाश पार्दै समाजमा सकारात्मक सोचको विकासमा संस्थाले खेलेको भूमिकाका बारेमा चर्चा गरे । उनले सकारात्मक सोचका बारेमा विशेष प्रस्तुति पनि दिएका थिए ।
कार्यक्रममा एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यलाई फेमिली पिस एसोसिएसन नेपालको नेसनल पिस काउन्सिलको राष्ट्रिय शान्ति समिति सदस्यमा मनोनीत गरिएको थियो ।









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया