सर्वेश्वर सहकारीमा रक्तदान

समाधान संवाददाता २०७९ साउन २ गते १२:३९

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २७ को आवसनगरमा रहेको सर्वेश्वर बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत भएको खुला रक्तदानमा २३ युनिट रगत संकलन भएको छ ।

पहिलो रक्तदाता सहकारीका कार्यसमिति सदस्य कृष्णबहादुर बल्छौडीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रक्तदान सुरुआत गरे । उनले सहकारीले आय आर्जनका स्रोत निर्माण गर्दै समाजमा देखिने खालका काम गरी सेयर सदस्यको जीवनस्तर उकास्नुपर्ने बताए ।

सहकारीका अध्यक्ष चक्रबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक अर्जुन ज्ञवालीले रक्तदानको महत्व र उपयोगिताबारे प्रकाश पारेका थिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष डम्बरप्रसाद पौडेल र कोषाध्यक्ष सूर्यनाथ पौडेलले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया