स्टार डायग्नोस्टिकको सेवामा छुट

समाधान संवाददाता २०७९ साउन ३ गते ११:२५

पोखरा ।
स्टार डायग्नोस्टिक सेन्टर प्रालि रामघाट पोखराले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा संस्थाले दिने सेवामा, सुविधामा सहुलियत घोषणा गरेको छ । सेन्टरले साउन महिनाभरी थाइराइड, भिटाभिन डी र भिटामिन बी १२ मा ५० प्रतिशत र प्रयोगशालासम्बन्धी रगत जाँचमा ४० प्रतिशत छुटको व्यवस्था गरेको अध्यक्ष अर्जुन ज्ञवालीले जानकारी दिए ।

पोखरा १० रामघाटमा रहेको सेन्टरले पाठेघरको क्यान्सरसम्बन्धी परामर्श तथा सचेतना कार्यक्रमसमेत गरेको छ । सेन्टरले १ वर्षको अवधिमा १० स्वास्थ्य सम्बन्धी सचेतनामूलक अभियान गरिसकेको छ । सेन्टरबाट १५ हजारले सेवा लिएको अध्यक्ष ज्ञवालीले बताए ।

‘अटोमेटिक तथा मेनुअल मेसिनमार्फत गुणस्तरीय सेवा प्रदान गरेका छौं,’ अध्यक्ष ज्ञवालीले भने, ‘करिब २ करोडभन्दा बढी लगानीमा रगत जाच्ने ल्याब सुरु गरेका छौं । समयसापेक्ष रुपमा सेवा प्रदान गर्नको लागि विशेष ध्यान दिने छौं ।’ सेन्टरका सल्लाहकार प्राडा विष्णुराज तिवारीले महिला लक्षित पाठेघरको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम प्रभावकारी भएको बताए ।

Advertisement

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले स्वास्थ्य सेवा सस्तो र गुणस्तरीय हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशाला प्रमुख डा लक्ष्मण बास्तोला, सेन्टरका सञ्चालकहरु महेन्द्र केसी, सञ्चालक समितिका सदस्य तथा प्रयोगशाला इन्चार्ज सुनिता लम्साल, सेयर सदस्य नेत्र ढकाल, रामघाट आमा समूहका अध्यक्ष दुर्गा केसी लगायतले स्वास्थ्य क्षेत्रका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया