स्विस इन्टरनेसनलमा ट्रान्क्युलिटी स्पा

समाधान संवाददाता २०७९ साउन ५ गते १३:०९

पोखरा ।
स्विस इन्टरनेसनल होटेल सरोवरमा ट्रान्क्युलिटी स्पाको सेवा सुरु भएको छ । नेपालसहित मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटीले पोखराको चारतारे स्विस इन्टरनेसनलबाट सेवा दिन थालेको हो । ट्रान्क्युलिटीले पोखरा दशकअघि देखि नै सेवा प्रदान गर्दै आएको छ । लेकसाइडको १४ नम्बर स्ट्रिटमा रहेको यो स्पा पोखराकै सबैभन्दा ठलो क्षेत्रफलमा फैलिएको सञ्चालक रनिल फैजुको दाबी छ । सरोवरमा ७ हजार ५ सय स्क्वायर फिटमा स्पा छ ।

Advertisement

सेवाग्राहीले यहाँबाट मसाज थेरापी, ब्युटी थेरापी, हाइड्रो थेरापीसहित अन्य प्याकेजमा सुविधा पाउने छन् । स्पासँगै सलुन, साउना, स्टिम, ज्याकुजीको सेवा पनि उपलब्ध हुने फैजुले जानकारी दिए । ‘हामी सेवालाई थप आधुनिक र परिस्कृत गदै लैजानेछौं,’ उनले भने ।

यसमा अन्तर्राष्ट्रिय स्तरका स्पासँग सम्बन्धित सामग्री प्रयोग गरिएको हुनाले यस किसिमको सेवाले स्वस्थ समाज निर्माण गर्न सहयोग हुने उनले बताए । शारीरिक थकान, मानसिक तनाव, जिउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगीलाई स्पा अत्यन्त उपयोगी मानिन्छ । यसबाहेक ब्युटी र स्पासम्बन्धी तालिम पनि केही दिनमा नै सुरु हुने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया