ठिनी खोलामा पुल हाल्दै घरपझोङ गाँउपालिका

जोमसोम ।
घरपझोङ गाउँपालिकाको वडा नं. ४, ५, र १ जोड्ने ठिनी खोलामा अस्थायी पुल बनाइँदै छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को विनियोजित ५ लाख ५० हजार बजेटबाट ठिनी खोलामा अस्थायी पुल निर्माणको कामअघि बढाइएको हो ।
गाउँपालिकाले चालु वर्ष विनियोजित बजेटले ८ मिटर लामो र ४ मिटर चौडा अस्थायी पुल निर्माणको कामअघि बढाएको इन्जिनियर सकलदेव शर्माले जानकारी दिए । यो पुलमा ६ वटा फलामका च्यानल राखिएको छ भने च्यानलमाथि नटबोल्ट सिस्टमको काठ बिच्छ्याइनेछ ।
फलामे च्यानल लगायतका प्राविधिक सामान पालिकाले उपलब्ध गराएको र स्थानीय उपभोक्ता समितिले काठ र निर्माणको जिम्मा लिएको शर्माको भनाइ छ । यसअघि यो खोलामा काठको अस्थायी पुल भए पनि सो पुल जीर्ण थियो । बर्खायामको समयमा सर्वसाधारणलाई आउजाउ गर्न, निर्माण सामग्री लैजान, खाद्यन्न तथा अन्य मालसामान ओसारपसार गर्न समस्या थियो ।
२ वर्षअघि ठिनी खोलाको जीर्ण पुलबाट निर्माण सामग्री बोकेको ट्रक पुल भाँचिएर खस्ता २ जना कामदारले ज्यान गुमाएका थिए । इन्जिनियर शर्माले पुल बनेपछि पर्यटकीय स्थल ढुम्बातालसम्म सवारी साधन लैजानसमेत सहज हुने बताए । घरपझोङले मनसुन सुरु भएको र बर्खायामको बाढीले सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने भएकाले सो स्थानमा अस्थायी पुल निर्माणको योजना अघि बढाएको पालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया