संगीतकर्मी संघमा ऋषिको नेतृत्व

पोखरा ।
राष्ट्रिय संगीतकर्मी संघ कास्कीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले ऋषिराम दाहालको अध्यक्षतामा नयाँ समिति चुनेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सागर कार्की, प्रथम उपाध्यक्ष कल्याणी अधिकारी, द्वितीय उपाध्यक्ष जौमाया हिताङ, उपाध्यक्ष कपिल श्रेष्ठ, सचिव सुनील गायक, प्रवक्ता ईश्वरराज भण्डारी, कोषाध्यक्ष राजन सुवेदी, सहसचिव रिजोन बस्ताकोटी र सह कोषाध्यक्षमा हरिराज कोइराला छन् ।
सदस्यमा सपना सुनार, सोनिया कार्की खत्री, ऋषिराम बास्तोला बाबुराम, सृजना श्रेष्ठ र गंगा परियार छन् । कार्यक्रममा प्रथम उपाध्यक्ष कल्याणी अधिकारी, उपाध्यक्ष सागर कार्की, सहसचिव राजन सुवेदी एवं पत्रकार राजाराम पौडेललाई सम्मान गरियो ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ अध्यक्ष विक्रमजंग शाहले अरुले संस्था कसरी चलाएका छन् भन्दा पनि आफूले कसरी संस्था चलाउनेतर्फ सोच्न आग्रह गरे । संस्थाका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष कृष्णप्रसाद गौतम, सल्लाहकार छवि सुवेदी, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।








नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया