सिद्धबाबा मन्दिरमा पोखरा स्टकको वृक्षरोपण
समाधान संवाददाता
२०७९ साउन ९ गते ११:४६

पोखरा ।
पोखरा १७ महतगौंडामा रहेको सिद्धबाबा मन्दिर परिसरमा शनिबार वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ पोखरा स्टकको आयोजनामा मन्दिर परिसरमा विभिन्न जातका फल र फूलका विरुवा रोपिएको हो ।
कार्यक्रममा रिजन चियर पर्सन कमल बस्नेतले वातावरण जोगाउनका लागि लायन्स क्लबले नेपालमा आग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । सदशिवजी सिद्धेश्वर हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले लायन्स क्लबले वातावरण संरक्षणसहित सामाजिक काम गर्दै आएको बताए । उनले अहिले लायन्स क्लबहरुले दुःखमा पनि लायन्स र सुखमा पनि लायन्स भन्ने अनुभूति दिलाइरहेको जनाए ।
क्लब अध्यक्ष वासुदेव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक जगन्नाथ तिमिल्सिना, सिद्धेश्वर कृषि सहकारीका अध्यक्ष शंकरराज भण्डारी लगायतले बोलेका थिए ।
सम्बन्धित








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया