पोखरा १३ मा स्वास्थ्य जाँच र सेनिटरी प्याड सित्तैमा

पोखरा ।
तपाई सेवाग्राही भएर जानुहोस, वडाले तपाईको काम पनि गर्छ, निशुल्क स्वास्थ्य जाँच पनि गरिदिन्छ । वडाको कामले जाँदा आपतकालीन अवस्थामा निशुल्क स्यानिटरी प्याड पनि दिन्छ । जनताका आधारभूत र प्रशासनिक कामसगै पोखराका १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा स्वास्थ्यसँग सम्बन्धित सेवालाई समेत सँगसँगै अगाडि बढाएका छन् ।
‘सेवाग्राहीकै सेवाको लागि हामी बसेका छौँ, तर सेवा लिन आउँदा अन्य सास्ती नहोस्, उनीहरुको कामसँगै आइपर्ने समस्या र स्वास्थ्य जाँचलाई पनि अगाडि बढाएका छौं,’ उनले भने । पोखरा १३ ले पहिलो पटक तालिका नै बनाएर सेवाग्राहीलाई निशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।
बरालका अनुसार फास्टिङ ब्लड सुगर (एफबिएस) प्रत्येक हप्ताको बुधबार ८ बजे जाँच हुनेछ भने, (पिपिबीएस) खाना खाएको दुई घण्टापछि १० देखि ५ बजेसम्म जाँच हुनेछ । र्यान्डम ब्लड सुगरचाहिँ हरेक दिन १० देखि ५ बजेसम्म जाँच हुनेछ । ‘वडामा आउने सेवाग्राहीले सेवासँगै स्वास्थ्य पस्क्षण पनि गराएर फर्किने व्यवस्था गरेका छौं,’ उनले भने । वडाले हेमोग्लोबिन, ब्लड ग्रुप, युरिक एसिड, एचसिभी, भिडिआरएल (एचसिभि) युरिन लगायतका जाँचसमेत सित्तैमा गर्न थालेको छ ।
‘साउन १ गतेदेखि निशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको हो,’ बरालले बताए । वडामा आउने सेवाग्राहीलाई निशुल्क सेनिटरी प्याडको व्यवस्थासमेत गरिएको छ ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया