कर्मफ्लाइट्ले गर्यो फेवाताल सफाइ र सम्मान

पोखरा ।
सामाजिक क्षेत्रमा अग्रणी संस्था कर्मफ्लाइट्स फाउन्डेसनले पोखरा महानगरपालिका वडा नम्बर ६ को खहरे बंलादी क्षेत्रका कोभिड १९ बाट अतिप्रभावित बिपन्न परिवार तथा आधारभूत तहमा काम गर्ने पर्यटन मजदुरलाई खाद्यान्न सहयोग गरेको छ । फाउन्डेसनले बृहत फेवाताल सरसफाइ गर्दै ‘कामका लागि खाद्यान्न’ उनीहरुलाई खाद्यान्न सहयोग गरेको हो ।
फाउन्डेसनको आयोजना, नमस्ते नेपाल संस्था (चेक गणतन्त्र) को आर्थिक सहकार्य तथा पोखरा महानगरपालिका–६ को संयोजनमा ४० परिवारलाई प्रति परिवार तिन हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको थियो । फेवाताल सफाईमा सहभागि भएबापत उनिहरुलाई कामका लागि खाद्यान्न कार्यक्रम बापतको उक्त खाद्यान्न बितरण गरिएको हो ।
फाउन्डेसनको कार्यालय परिसर बंलादीमा गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई समेत सहभागी थिए । कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले पोखरामा मात्रै नभएर अन्य जिल्लामा समेत प्राकृतिक विपत्ति र महामारीको बेला आफ्नै बलबुतामा आर्थिक स्रोत जुटाएर सामाजिक क्रियाकलापमा सक्रिय फाउन्डेसनको प्रशंसा गरे । उनले यस्ता किसिमका सामाजिक काममा सहकार्य र संयोजन गर्न पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि आफु सहकार्य गर्न तयार रहेको बताए । भट्टराईले आधारभूत तहमा काम गर्ने मजदुरहरुलाई बिस्थापित हुनबाट जोगाउन वैकल्पिक तालिमहरुको लागि समेत सहकार्य गरिने प्रतिवद्दता जनाए ।
फाउन्डेसनले ड्यामसाइड, कोमागाने पार्क हुँदै बाराहीघाट, हल्लनचोक, बंगलादी शिवमणी कैलाशधाम मन्दिरसम्म सरसफाइ गरिएको फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए । उनका अनुसार सफाइमा ९५ वटा ठूला प्लास्टिकका बोरामा प्लास्टिकजन्य फोहोर संकलन गरिएको फाउन्डेसनका फिल्ड कोअर्डिनेटर राजु परियारले बताए । सोही कार्यक्रमका अवसरमा फाउन्डेसनले पोखरा–६ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । स्थानीय समाजसेवी टेकनाथ अधिकारी, फाउन्डेसनका अध्यक्ष लक्ष्मण शर्मा र कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले वडाध्यक्ष भट्टराई र अन्य ४ वडाध्यक्ष सहित पाँचै जना जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया