रत्नशोभा मावि माझठानाको अध्यक्षमा शुकदेव

पोखरा ।
पोखरा २८ माझठानामा रहेको रत्नशोभा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शुकदेव लामिछाने चुनिएका छन् । लामिछाने सोही विद्यालयका पूर्वशिक्षक हुन् । समितिको सदस्यमा मुना लामिछाने, रामकृष्ण भुर्तेल, हुकुम भुजेल, सन्तोष बास्तोला, शिक्षक प्रतिनिधि यदुनाथ पाण्डे र सदस्य सचिव विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकी छन् ।
ज्येष्ठ सदस्य शुकदेव लामिछानेको अध्यक्षतामा बसेको बैठकले लामिछानेलाई अध्यक्षमा सर्वसम्मत चुनेको हो । बैठकले हिमलाल आचार्यलाई सदस्यमा मनोनित गरेको छ । नवनिर्वाचित अध्यक्ष लामिछानेले सबै सदस्यको सल्लाह, अभिभावकको सुझाव र विद्यालय प्रशासनसँग समन्वय गरी काम गर्ने प्रतिवद्धता गरे ।
नयाँ समितिलाई पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले शुभकामना दिए । उनले नयाँ समितिलाई समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउन आग्रह गरे ।








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया