रोट्रयाक्ट न्युरोड पोखराको पदस्थापन

पोखरा ।
रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराको १० औं पदस्थापना कार्यक्रम भएको छ । रोट्याक्ट डिस्ट्रिक्क ३२९२ अन्तर्गत आवद्ध क्लबले १० औं अध्यक्षमा वर्ष २०२२/२३ का लागि उत्सव ढकाललाई चयन गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले रोट्रयाक्टमा लागेको मान्छे कुनै पनि कुराले पछि नपरेको सुनाए । रोटरी क्लब अफ न्युरोड पोखरा २०२२/२३ की अध्यक्ष गीता देवकोटा सिग्देलले क्लबले समाजमा सक्रियता बढाएको देख्दा खुशी लागेको जनइन् ।
अध्यक्ष ढकालले १२ सदस्यसहितको बोर्ड अफ डिरेक्टर चयन गरेकी छन् । उनको टिममा निवर्तमान अध्यक्ष सुमन बराल, उपाध्यक्षमा सञ्जय शर्मा, सचिवमा श्रीनाथ वाग्ले, कोषाध्यक्षमा रोशन पौडेल, सहसचिवमा क्षितिज तिमिल्सिना, सहकोषाध्यक्षमा रोजी छिमल र क्लब एड्मिनिस्ट्रेसन चियरमा नवीन सुवेदी छन् ।
मेम्बरसिप चियरमा आशीष पुरी, पब्लिक इमेज चियरमासंकेत तिमिल्सिना, सर्भिस प्रोजेक्ट चियरमा बबी छेत्री, रोटरी फाउन्डेसन चियर निराकार सिग्देल, प्रोफेसनल डेभलपमेन्ट चियरे इशान गिरी, सर्ज एट आम्समा शिवानी छेत्री छन् । सुनील पराजुली वर्ष २३/२४ का लागि अध्यक्ष छनोट भएका छन् ।








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया