तपोवन आश्रमलाई इनरह्विल क्लबको सहयोग

पोखरा ।
इनरव्हील क्लव अफ न्यूरोड पोखराले पोखरा महानगरपालिका २३ मा रहेका तपोवन आश्रमलाई सहयोग गरेको छ । सोमबार क्लबले आश्रममा खाद्यान्न, स्वास्थ्य सामाग्री तथा नगद हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष नारायणी बास्तोलाले क्लबको अध्यक्ष पदमा निर्वाचित भएपछि आफ्नो कार्यकालको सुरुवात धार्मिक स्थलबाट सुरु गर्न चाहेकाले आश्रममा सहयोग गरेको बताइन् । ‘आश्रम ओझेलमा रहेछ, हाम्रो सानो सहयोग ले थोरै भएपनि उहाँहरुलाई फाइदा पुग्नेछ भन्ने विश्वास छ’, उनले भनिन् । आश्रममा संस्कृत अध्ययन हुन्छ । त्यहाँ नेपालका विभिन्न स्थानबाट आएका १६ जना बटुक छन् ।
कार्यक्रमको अध्यक्षमा नारायणी बास्तोला थिइन्, कार्यक्रमको संयोजन क्लबका संस्थापक अध्यक्ष निर्मला मल्ल जोशीले गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा आश्रमका व्यवस्थापक पञ्चरत्न उपाध्याय अधिकारी थिए । गंगाकुमारी पराजुलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संञ्चालन बिमला पिया श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा १२ जनाको उपस्थिति थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया