सक्नेरीको शिव पुराणमा एकै दिन छ लाख संकलन

लेखनाथ ।
साउन महिनाको तेस्रो सोमवार पोखरा महानगरपालिका वडा नं २६ को बुढिवजार स्थीत सक्नेरीमा जारी शिव पुराण ज्ञान महायज्ञमा विहानै देखि भक्तजनको बाक्लो उपस्थित रहेको थियो ।
पुजा ब्यवस्थापनका लागी आयोजकहरु विहानै देखि समुह समुह बनाएर आ आफनो जिम्मामा परेको काम गर्दै थिए भने भक्तजनहरु लाईनमा बसेर शिवको दर्शन र पुजापाठ गरेर संगितमय प्रवचन सुन्न यज्ञ स्थलमा वसेको देखिन्थ्यो।
शिव पुराण ज्ञान महायज्ञको तेसो दिन सोमवार परेकाले भत्तजनहरुको बाक्लो उपस्थिती सगै दान रकममा पनि बृद्धि भएको छ । सोमवार मात्र महायज्ञमा छ लाख ३० हजार आर्थीक सहयोग संकलन भएको छ भने अहिलेसम्ममा करिव नौ लाख ५० हजार संकलन भएको आयोजक समितिका संयोजक जगननाथ तिमिल्सेनाले जानकारी दिएका छन् ।
धर्मको रक्षा गरौं संस्कृतिको जर्गेना गरौं भन्ने मुल नाराका साथ लोक सास्कृतीक संरक्षण समिति र उज्जवल आमा समुहको संयुत्त आयोजना र विभिन्न सामाजिक संघ सस्थाहरुको सहकार्यमा गत सनिवार देखि सुरु भएकोे महायज्ञमा ज्ञान लिन देखि दान दिनेको समेत उल्लेखिए सहभागीताले आयोजकहरुलाई थप हौसला थपेको प्रचार प्रसार उप समितिका संयोजक राजु बरालले जानकारी दिएका छन् ।
नौ दिनसम्म चल्ने शिवपुराण ज्ञान महायज्ञमा दिगदर्शन वाचन शिरोमणि दीपक सापकोटा प्रमुख बाचक र युवा पण्डित रामप्रसाद सिग्देल उप वाचकको मुखाराविन्दुबाट दैनिक रुपमा भजन कृतन सहितको संगितमय प्रवचन हुने गरेको छ ।
बैद्धिक सनातन धर्म र सस्कृतीको रक्षार्थ समस्त पितृ उद्धार,राष्ट्र कल्याण,बहुउदेश्यीय सामाजिक भवनको समयानुकुल स्तरोन्नती ,जेष्ठ नागरिक दिवा सेवालाई थप ब्यवस्थीत रुपमा संचालन गर्नका लागि अक्षयकोष स्थापना एवंम लोक संस्कृती संरक्षण संग्रहालय निर्माण गर्ने उदेस्यले ज्ञान महायज्ञ गर्न लागिएको मुल आयोजक कमिटिकी सह संयोजक सरस्वती गौतमको भनाई रहेका छ ।
महायज्ञ संचालनको तेस्रो दिन सोमवार पोखरा २६ बुढिवजार निवासी स्व.सानो बलरामको स्मृतीमा छोरा भोजराज बरालले रु एक लाख २७ हजार एक सय पाँच र सोही ठाउ निवासी स्व. पार्वती भण्डारीको स्मृतीमा श्रीमान खोम प्रसाद भण्डारीले रु एक लाख ११ हजार एक सय ११ रुपिया सहयोग गरेका छन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया