जोन्टा क्लबको स्तनपानबारे सचेतना कार्यक्रम

पोखरा ।
विश्व स्तनपान दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको जोन्टा क्लब अफ पोखराको आयोजनामा मंगलबार लेकसाइडस्थित तालबाराही माविमा स्तनपानसम्बन्धी सचेतना कार्यक्रम भएको छ । कार्यक्रममा पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जोन्टा क्लबले समय सान्दर्भिक कार्य गरेको भन्दै अभियानको प्रशंसा गरे ।
वडा भवन निर्माणको चरणमा रहेको जानकारी दिँदै उनले अब बन्ने भवनमा सुरक्षित स्तनपानका लागि छुट्टै कक्षको निर्माण गरिने आश्वासन दिए । कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.चन्द्रिका पण्डितले महिलाले सुत्केरी हुनुपुर्व र भएपछि गर्नुपर्ने शारीरिक अभ्यासका बारेमा प्रशिक्षण दिइन् । त्यस्तै, आहार तथा पोषण परामर्शदाता विद्या रघुनादन कायस्थले सुत्केरी महिला र नवजात शिशुलाई दिनुपर्ने सन्तुलित भोजनका विषयमा प्रकाश पारिन् ।
फिजियोथेरापिस्ट शुभा कोइरालाले गर्भवती र सुत्केरी अवस्थामा महिलाले गर्नुपर्ने व्यायामका विषयमा सहजीकरण गरिन् । जोन्टा क्लब अफ पोखराका अध्यक्ष मोनिका थापाले नवजात शिशुलाई आमाको दूध सबैभन्दा ठूलो पोषण भएको उल्लेख गरिन् ।








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया