बाढीका कारण विजयपुर नहर अवरुद्ध

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६, २७, २९ र ३० को खोतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउदै आएको विजयपुर खोलाको विजयपुर नहर अबिरल वर्षापछि आएको बाढीका कारण अवरुद्ध भएको छ । गत आईतवार र सोमबार भएको अविरल बर्षाका कारण विजयपुर सिंचाई प्रणाली अन्तरगत मुल नहरको धर्तीफाँट क्षेत्रको करिव २०/२५ मिटरको नहर भासिएको र केही ठाउमा धाँजा फाँटेकोले सिचाई प्रणाली अवरुद्ध भएको हो ।
उत्त ठाँउमा बाढीसगै माथीबाट आएको भल पानीले नहरको दायाँ बायाको भाग भत्कन सक्ने सम्भावना बढेकाले नहरको मर्मत बिना पानी छोड्न नसकिने भएकोले यस पटकको बर्खे धानमा सिंचाई गर्न असुविधा सृजना भएको बिजयपुर सिचाई प्रणालीका निर्वतमान अध्यक्ष प्रयागराज भण्डारीले जानकारी दिएका छन् । नहर अवरुद्ध भएपछि गण्डकी प्रदेश उर्जा जलस्रोत तथा सिँचाई मन्त्री हरिशरण आचार्य र जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालयका प्रमुख किरण आचार्यलाई जानकारी गराई मर्मतका लागि यथासक्य चाडो योजना बनाउन अनुरोध गरेको निर्वतमान अध्यक्ष भण्डारीले बताएका छन् ।
सिंचाई प्रणाली अवरुद्ध हुदाँ उक्त नहरबाट सिंचित हुने करिव १२ सय ८० हेक्टर क्षेत्रफलको सिँचाई सुबिधा प्रभावित हुने देखिएकाले यसको जति सक्दो चाडो मर्मत गर्नका लागि सम्वन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ । यदि समयमा नै यसको मर्मत नहुने हो भने यस बर्षको बर्खे धानबालीको उत्पादनमा कमि आउने प्राय निश्चित छ ।








एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया