गण्डकी प्रदेशलाई पहिलो स्वर्ण दिलाए अमृतले

समाधान संवाददाता
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । पुरुष इभेन्ट स्क्वासमा अमृत थापाले स्वर्ण जित्दा प्रदेश ३ का प्रवीण कंसाकारले रजत पदकमा चित्त बुझाए ।
थापाले ११–५, ३–११, ११–७, ११–४ अंकको सेटले पराजित गर्दै गण्डकी प्रदेशलाई स्वर्ण जिताएका हुन् । केही समय अघि पोखरामा भएको छनोट खेलबाट गोरखाका थापा गण्डकी प्रदेशबाट छनोट भएको पश्च्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । नेपालगञ्जमा भएको ८ औं राष्ट्रिय खेलमा पुरुष खुलातर्फबाट प्रतिस्पर्धा गरेका थिए ।
उनी यसअघि ५ औं राष्ट्रिय खेलकुद, ७ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लुम्बिनी च्याम्पायनसिप लगायत प्रतियोगितामा भाग लिएका थिए । चैत २७ गतेदेखि ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अनौपचारिक रुपमा सुरु भएको थियो । प्रतियोगिता २०७६ वैशाख ११ गतेसम्म चल्नेछ ।









‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया