३ दिनपछि खुल्यो बेनी–जोमसोम बाटो

जोमसोम ।
सोमबारदेखि अवरुद्ध बेनी–जोमसोम सडक ३ दिनपछि बिहिबार साँझ सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सीमाना काभे्रभीरमा सुख्खा पहिरो र सोही स्थानको घोप्टे ओडारमा सडक भास्सिएपछि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको बेनी जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
काभ्रेभीरमा गएको सुख्खा पहिरोले करिब ३ सय मिटर सडक पुरिएको थियो । सोही स्थान नजिकको घोप्टेभीरमा पनि करिब ५० मिटर सडक भाँस्सिएको थियो । सोमबारदेखि अवरुद्ध बेनी जोमसोम ७६ किमी सडक अन्तर्गत काभ्रेभीरमा सडक मर्मत तथा सडक सफा गर्न वर्षाले अवरोध गर्यो । बुधबार मौसममा सुधार आएपछि बाटो खोलिएको हो ।
सडक स्तरोन्नतिमा परिचालन गरिएको निर्मााण कम्पनीका उपकरण र जनशक्ति परिचालन गरी बाटो खोलिएको शेरचनले बताए । काभ्रेभीरमा सडक अवरुद्ध हुँदा म्याग्दीबाट मुस्ताङ र मुस्ताङबाट म्याग्दी आउजाउ गर्ने दर्जनौं सवारी साधन तथा मालवाहक गाडी बीचमै अलपत्र परेका थिए ।
काभ्रेभीरमा सडक अवरुद्ध हुँदा यो स्थान पार गर्न डेढ घन्टा पैदल हिड्नुपर्ने बाध्यता थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया