
पोखरा ।
तेस्रो गण्डकी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पोखरा रंगशालामा शनिबार सकिएको प्रतियोगितामा खुला मेन्स डबल्सतर्फ होम गुरुङ र विधान अधिकारीको जोडीले उपाधि जित्न सफल भएका छ ।
फाइनलमा विशाल बस्नेत र बिशाल गुरुङको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधी जित्न सफल भएको हो । उपाधी जितेको सो जोडीलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्रि पृथ्वीसुब्बा गुरुङले नगद ३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।
फाइनलमा पराजित विशाल बस्नेत र विशाल गुरुङको जोडी दोस्रो भयो । दोस्रो हुन सफल उक्त जोडीले नगद २५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगिताको खुला मेन्स डबल्सतर्फको तेस्रो स्थान सुरेन्द्र हमाल र प्रवेश मगरको जोडी र सुजन थापा र दीपक रानाको जोडीले हात पारे । उनीहरुले नगद १०/१० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
भेट्रान्सतर्फ राजेश गुरुङ र शम्भु श्रेष्ठको जोडी उपाधी जित्न सफल भयो । उक्त जोडीले फाइनलमा नरबहादुर गुरुङ र डोलराज आलेको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधी जित्यो । उपाधी जितेको गुरुङ र श्रेष्ठको जोडीले ३५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
फाइनलमा पराजित गुरुङ र आलेको जोडी दोस्रो बन्दै नगद २५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । तेस्रो स्थान राजेन्द्र गुरुङ र कृष्ण रानाको जोडी र प्रेम गुरुङ र कुस गुरुङको जोडीले हात पारे । उनीहरुले १०/१० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट टिमकाे रुपमा कास्की जिल्ला टिम र उत्कृष्ट अनुशासित टिमकाे रुपमा रोमन बानिया र क्षितिज खनालको जोडीले घाेषित भए ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगर कमिटीको संयुक्त आयोजना र जिल्ला ब्याडमिन्टन संघको सहकार्यमा प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालामा सुरु भएको थियो ।
४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ‘सफल व्यवसायीका लागि स्वास्थ्य, स्वास्थ्यताको माध्यम खेलकुद’ भन्ने मुल नाराको साथ प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा खुल्ला मेन्स डबल्सतर्फ प्रदेशभित्रका २५ र भेट्रान्सतर्फ १६ टिमले सहभागिता जनाएका थिए ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्









प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया