राष्ट्रिय नागरिक पत्रकारिताबाट कृष्णप्रसाद बास्तोला सम्मानित

पोखरा ।
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला राष्ट्रिय नागरिक पत्रकारिता सम्मान–२०७९ बाट सम्मानित भएका छन् । काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजको १३ औं वार्षिकोत्सव समारोहबीच उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सम्मान गरेका हुन् । समारोहमा मन्त्री कुँवरले सम्मानपत्र, पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले माला तथा समाजका अध्यक्ष महेशजंग कुँवरले माला लगाएर सम्मान गरेका थिए ।
आदर्श समाज राष्ट्रिय दैनिक, पोखराका प्रधानसम्पादक समेत रहेका बास्तोलालाई सामाजिक रुपान्तरणका लागि पत्रकारिता माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । त्यस अवसरमा बास्तोलालगायत विभिन्न क्षेत्रका २२ जना व्यक्तिलाई सम्मान गरिएको थियो ।
समारोहमा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विभिन्न क्षेत्रको पहलबिना समाज अघि बढ्न नसक्ने बताउँदै समाज बलियो भएमात्रै राज्यले ठिक बाटो अवलम्बन गर्न सक्ने बताए । पूर्व पर्यटन राज्यमन्त्री तामाङले समाजसेवामा पत्रकारिता क्षेत्रले समाजमा प्रेरणादायी भूमिका खेलेको उल्लेख गरे ।
यसैबीच, गत साउन १ मा प्रधानसम्पादक बास्तोला गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका थिए । अद्वैत संस्थाका कुलपति प्रताप चक्रवर्तीले काठमाडौंमा आयोजित विशेष समारोहबीच बास्तोलालाई उक्त पुरस्कार प्रदान गरेका हुन् । गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११६ औं जन्मजयन्ती तथा अद्वैत संस्थाद्वारा संचालित २०७८/०७९ को दशमासीय राष्ट्रव्यापी महासत्संग समापन अवसरमा नगद २५ हजार रुपैयाँसहित सम्मानित भएका थिए ।









नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
हेड्स नेपालको विद्यार्थीलाई सहयोग
‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया