मेगा सहकारीका सेयर सदस्यलाई युआरएलमा छुट

पोखरा ।
मेगा बचत तथा ऋण सहकारी पोखरा ९ का सेयर सदस्यले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)मा सेवा लिँदा छुट पाउने भएका छन् । मेगाका अध्यक्ष ध्रुवराज चालिसे र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेको सम्झौतामा मेगाका सेयर सदस्यलाई सबै सेवामा ३० प्रतिशत छुट दिने उल्लेख छ ।
साउनबाट लागू भएको यो सम्झौता ३ वर्षसम्म चल्नेछ । मेगाका सेयर सदस्यले चिकित्सकले सिफारिस गरेका जाँच वा सेल्फ टेस्ट दुवैमा छुट पाउने छन् । सामाजिक उत्तरदायित्व बहन गर्ने सर्वसाधारणलाई सुलभ शुल्कमा गुणस्तरीय सेवा दिन सम्झौत गरिएको युआरएल अध्यक्ष पन्तले बताए ।
पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरलले पोखरामा शिशुवा, चाउथे, बाटुलेचौर र हस्पिटलचोकबाट सेवा दिइरहेको छ । युआरएले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ ।
विभिन्न संघ, संस्थासँग सहकार्य र युआरएलले आफैं गरी अहिलेसम्म १ सय १५ निशुल्क स्वास्थ्य शिविर भएका छन् । ती शिविरमा अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको युआरएलले जनाएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया