बागलुङ जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बन्दी

बागलुङ ।
बागलुङ जिल्ला कारागारमा क्षमता दोब्बर बढी कैदी बन्दी बस्न बाध्य छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा तिनलाई बस्ने ठाउँको अभाव भएको हो । पुरुषतर्फ ५० र महिलातर्फ २० क्षमता गरी ७० जनाको क्षमता रहेको कारागारमा १ सय ७६ कैदीबन्दी बस्न बाध्य छन् ।
हाल पुरुषतर्फ १ सय ६६ र महिलातर्फ १० गरी १ सय ७६ कैदीबन्दी रहेकामा १ जना ६४ वर्ष उमेर माथिका छन् । महिला कैदी बन्दीसँग हाल ३ नाबालकसमेत कारागारमा छन् । उक्त कारागारमा हाल ८१ कैदी र ९५ थुनुवा छन् । कैदीतर्फ ७७ पुरुष र ३ महिला छन् भने थुनुवातर्फ ८७ पुरुष र ७ महिला छन् ।
कारागारमा ठाउँको अभाव हुँदा महिलाभन्दा पुरुष कैदी बन्दीलाई समस्या भएको हो । पुरुष कैदी तथा थुनुवालाई जाडो र गर्मी सबैखाले मौसममा बस्न र सुत्नका लागि समस्या पर्ने गरेको छ । कारागारमा ठाउँको अभाव हुँदा क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी बस्नुपर्ने बाध्यता छ । ठाउँ अभाव हुँदा कैदीलाई कोचाकोच गरेर सुत्न, बस्न र हिँडडुलमा समस्या भएको छ भने शौचालय जान पनि पालो लगाउनुपर्ने बाध्यता रहेको कारागारका प्रमुख डिलबहादुर केसीले जानकारी दिए ।
‘कैदी बन्दी क्षमताभन्दा दोब्बर बढी छन्, ठाउँ सानो छ, पुरुष कैदी बन्दीलाई सुत्न, शौचालय जान पनि निकै अप्ठारो भएको छ,’ कारागार प्रमुख केसीले भने, ‘महिला कैदी बन्दीलाई अहिले समस्या छैन, २० जनाको क्षमतामा १० जनामात्रै छन् तर पुरुष कैदीबन्दीलाई निकै समस्या छ ।’
हाल कारागारमा सबैभन्दा धेरै करणी, कर्तव्य ज्यान, मानव बेचबिखन, हातहतियार खरखजना, ठगी र वैदेशिक रोजगारी कसूरका कैदी तथा बन्दी छन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया