महिला जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम

गण्डकी ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला जनप्रतिनिधिहरु जनसेवामा समर्पित हुँदै आयआर्जनसँग जोडिनु पर्ने बताएका छन् । नवलपुर जिल्लास्थित मध्यविन्दु नगरपालिकाद्धारा आयोजित महिला जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिकरुपमा सवल बन्नका लागि उत्पादनसंग जोडिनुको विकल्प नभएको बतााए ।
बजार आवश्यकताको अध्ययनका आधारमा वस्तु उत्पादन गर्नुपर्ने र उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकार जिम्मेवार हुनु पर्नेमा उपसभामुख शर्माको जोड थियो । पालिकामा महिला तथा वालवालिका सम्वन्धित धेरै शिर्षकमा रकमान्तर गरिएको हुन्छ उनले भने । त्यसको भरपुर उपयोगमा जनप्रतिनिधि महिलाहरु सचेत हुनु पर्ने आवश्यकता औल्याए ।
स्थानीय निर्वाचनमा गठबन्धनको कारण महिला जनप्रतिधिको संख्यामा कमि आएकोमा दुःख व्यक्त गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्येक्षतर्फ महिलाको संख्यामा बृद्धि गर्न सवै राजनैतिक पार्टी गम्भीर हुनु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मी सुनारले समाजमा हुने प्रत्येक विभेदको अन्त्यका लागि टोलटोलमा सचेतना कार्यक्रमको खाँचो औल्याउँदै चेतनामूलक अभियानमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् ।
मध्यविन्दू नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरीले पालिकाले जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् सिपमूलक तालिममलाई जोड दिंदै आएको जानकारी दिंदै न्याय संपादनमा योग्य जनशक्तिको खाँचो औल्याइन् । महिला जनप्रतिनिधि र विभिन्न संधसंस्थामा आवद्ध महिला गरि कूल ५० जनाको सहभागिता रहेको कार्यक्रमका सहभागिहरुले समाजमा हुने जातीय, लैङ्गिक र क्षेत्रीय विभेदको अन्त्यका लागि कानूनी तथा आर्थिक समृद्धिका अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।









पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया