रोट्रयाक्ट फिस्टेलमा युवा दिवस

समाधान संवाददाता २०७९ साउन ३० गते १८:१४

पोखरा ।
रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले अन्तर्राष्ट्रिय युवा दिवसको दिन अवसरमा कान्तिपुर टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेजसँगको सहकार्यमा एक दिने टेबल म्यानर एन्ड इटिकुइट’ सम्बन्धी कार्यशाला गरेको छ । क्लब अध्यक्ष डिम्पल क्षेत्रीले विभिन्न पेशा, व्यवसाय र क्षेत्रसँग आबद्ध युवालाई विभिन्न औपचारिक, अनौपचारिक कार्यक्रममा जाँदाका कार्यशैली र मर्यादाबारे जानकारी दिइन् ।

रेस्टुरेन्ट र सभा समारोहमा खाना खाँदा, बस्दा जान्नुपर्ने कुरा, चलाउनुपर्ने चम्चा, काँटा, नाइफ लगायत अन्य कुराको सभ्य प्रयोग गर्ने र व्यक्तित्व निर्माणमा यस कार्यक्रमले टेवा पुग्ने विश्वास क्षेत्रीले व्यक्त गरिन् ।

कार्यक्रममा कसरी घरमै स्वस्थबद्र्धक सुप बनाउन सकिन्छ भन्ने विषयमा प्रयोगात्मक कार्यशाला पनि सँगै गरिएको थियो । कान्तिपुुरका अपरेसनल म्यानेजर निश्चल देवकोटाले टेबल म्यानरसम्बन्धी कार्यशाला सञ्चालन गरे ।

Advertisement

सेफ विजय सुवेदीले सुप मेकिङको तालिम दिए । कार्यक्रममा रोट्रयाक्ट फिस्टेलका १२ जना सदस्य, जोन १६, १७ का अन्य क्लबबाट १० जना गरी २२ जना युवाको सहभागिता थियो । क्लब अध्यक्ष डिम्पल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कार्यक्रम संयोजन एलिशा आचार्यले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया