पोखराको नयाँबजारमा स्कुटर मर्मत गर्दागर्दै आगोलागी

पोखरा ।
पोखराको नयाँबजारमा मंगलबार दिउँसो स्कुटर मर्मत गर्दागर्दै आगोलागी भएको छ । आगोलागीबाट स्कुटर पूर्णरुपमा नष्ट भयाे ।
नयाँबजार स्थित ग्रेस मोटरसाइकल सार्भिस सेन्टरमा मर्मत गर्न ल्याइएको ग ७ प ५७५७ नम्बरको स्कुटरमा वेल्डिङ गर्दै गर्दा आगो भएको स्कुटर धनी कर्णबहादुर पुनले बताए । ‘बाटोमा हिँड्दा साइलेन्सरबाट आवाज आयो । वोर्कसपमा देखाउँछु भनेर ल्याएको । यहाँ वेल्डिङ गर्दै हुनुहुन्थ्यो । वेल्डिङ गर्दा गर्दै जल्यो,’ उनले भने ।
स्थानीयका अनुसार ग्रेस मोटरसाइकल सर्भिसमा आगोलागी भएको यो तेस्रो पटक हो । सवारी मर्मत गर्ने क्रममा हेलचक्राइ गर्दा आफ्नो स्कुटर जलेको कर्णबहादुरले बताए । ‘केही नहोला भनेर साइडमै मर्मत गरेको हेरीरहेको थिए । स्कुटरम एक्कासी आगो लाग्यो । स्कुटर भित्र भएका कागजपत्र पनि निकाल्न पाइन,’ उनले भने ।
कर्णबहादुरका अनुसार स्कुटरका डिक्रीमा भएकाे बिलबुक, लाइसेन्स र अन्य व्यक्तिगत जलेर नष्ट भयाे ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया