सराङ्कोटमा भदाै १२ देखि १४ गतेसम्म तीज मेला

पोखरा ।
‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पोखरा १८ सराङकोट तीज मेला – २०७९ हुने भएको छ । अन्नपूर्ण सामुदायिक विकास मञ्चको आयोजना तथा महिला साना किसान कृषि सहकारी सराङ्कोट र नेपाल रेडक्रस सोसाईटी सराङ्कोटको सहआयोजनामा मेला हुन लागेको हो ।
मेला अन्नपूर्ण सामुदायिक मञ्चको प्राङ्गणमा भदौ १२ देखि १४ गतेसम्म हुने अध्यक्ष एवं कार्यक्रम संयोजक महेश कुमार तिमिल्सिनाले जानकारी दिए । मेला सम्पन्न गर्न अध्यक्ष तिमिल्सिनाको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ । मूल आयोजक समिति र उपसमितिहरुले मेलाको तयारी तिव्र पारेका छन् ।
‘मौलिक कला, संस्कृति, धर्म, रितिरीवाजको संरक्षण र प्रवद्र्वनका लागि पहिलो पटक मेला गर्दैछौं’, अध्यक्ष तिमिल्सिनाले भने ‘मेलाले मौलिक कला र संस्कृतिका बारेमा युवा पुस्तालाई जानकारी पनि दिनेछ ।’
कार्यत्रममा खुला तीज गित प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता र घैंटो फुटाई प्रतियोगिता रहेका छन् । तीज गितमा ५० बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
तीज गित प्रतियोगितामा प्रथमलाई ६६ हजार ६६६, द्वितीयलाई ३३ हजार ३३३ र तृतीयलाई २२ हजार २२२ र प्रमाण पत्र प्रदान गरिने छ । गृहिणी नृत्यतर्फ प्रथमलाई १५ हजार र द्वितीयलाई ५ हजार र प्रमाण पत्र, ठेलोतर्फ प्रथमलाई २० हजार, द्वितीयलाई ८ हजार मेडल र प्रमाण पत्र, घैंटो फुटाईतर्फ विजेतालाई ५ हजार र प्रमाण पत्र प्रदान गरिने छ ।









नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया