लेखनाथमा ट्होटे पर्व मनाइयो

लेखनाथ ।
लेखनाथमा रहेका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक पर्व ट्होटे मनाएका छन । परापूर्व कालदेखि समाजमा रहेको भुत प्रेतलाइ धपाउनका लागी गुरुङ समुदायहरुले मनाउदै आएको यो पर्वलाई लेखनाथमा स्याङजाली तमु समाजको नेतृत्वमा मनाइएको हो ।
परापूर्वक काल देखि गुरुङ्ग समूदायले आफ्नो भाष, धर्म, संस्कृति र पहिचानलाई जोगाउने गरि गाउँ ठाउँमा चैत्रको अन्तिम मंगलबार र साउनको अन्तिम मंगलबार गरि दुई पटक ट्होटे पर्व मनाउने प्रचलन रहि आएको छ । ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरुले विभिन्न हातहतियार, वाजाहरु डम्फा, झ्याली, चोपडी, सुलाची, चिम्टा लगायतका सामाग्रीहरु प्रदर्शन गरी झाँकी निकाली धुप वालेर समाजमा रहेको भुतलाइ धपाउने गर्दछन । चैत्र महिनाको अन्तिम मंगलबारमा उभौली र साउन महिनाको अन्तिम मंगलबार उधौलीका रुपमा यो पर्वलाइ मनाउने गरिन्छ ।
यसै विच स्याङजाली तमु समाजले मंगलवार पोखरा २६ को गुदेताल देखि बुढिवजार हुदै भित्री अर्घौ बजारबाट गडुवा खोलामा पुगी ट्होटेको विर्शजन गरेको समाजका पुर्व अध्यक्ष मोहन प्रसाद गुरुङले जानकारी दिएका छन् । ट्होटे पर्वलाई परापूर्व कालमा गाउमा खेतीपाती राम्रो होस, वैरी सत्रु नाश होस भन्ने कामना सहित मनाउने गरिएता पनि अहिले आफ्नो मौलिक भेषभुषा, भाषा संस्कृतीको संरक्षणका लागी ट्होटे पर्व मनाउदै आएको स्याङजाली तमु समाजका अध्यक्ष नेम बहादुर गुरुङले जानकारी दिएका छन् ।
पछिल्लो समय तमु जाति मात्र नभइ आदिवासी जनजातिमा समावेश अन्य जातिको मौलिक हक अधिकारको सुनिश्चितताका लागी पनि यो पर्व मनाउने प्रचलन बढेको छ ।
तपाईको प्रतिक्रिया