पोखरामा फुडगन्जकाे शाखा
समाधान संवाददाता
२०७९ साउन ३१ गते १८:२१

पोखरा ।
अनलाइन फुड डेलिभरी कम्पनी फुडगन्जले पोखरामा आफ्नो शाखा विस्तार गरेको छ । मंगलबार कम्पनीका सञ्चालक समितिका सदस्य श्री पूर्णबहादुर रानाले रिबन काटेर विधिवत् रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । पोखराका ग्राहकहरूलाई मध्यनजर गरी कम्पनीले पहिलो महिना १५-२५ प्रतिशतसम्म क्यासब्याकका साथै फ्रि डेलिभरीको विशेष छुट दिने जानकारी कम्पनीका प्रबन्ध निर्देशक श्री सुरज थापा मगरले गराए ।
उपत्यकाभित्र बिहान ३ बजेसम्म र नेपालगञ्जमा बेलुका १० बजेसम्म सेवा दिँदै आइरहेकोमा पोखरामा पनि बेलुका १० बजेसम्म सेवा दिने र ग्राहकप्रति समर्पित भई सेवालाई थप छिटो र छरितो बनाउँदै अबको केही महिना भित्र नै पोखरालाई लक्षित गरि फुड डेलिभरीसँगै अन्य थप फरक खालको सेवा पनि उपलब्ध गराउने घोषणा गरे ।
फुडगन्जले काठमाडौं, ललितपुर र नेपालगञ्जमा सेवा दिँदै आएकाे छ ।
सम्बन्धित








कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया