ब्युटी सिटीमा नेतृत्व विकास तालिम

पोखरा ।
लायन्स क्लब अफ पोखरा ब्युटी सिटीको आयोजना र लियो क्लब अफ पोखरा संगम र आइसिटी सहकारी संस्थाको समन्वयमा संस्थाका सदस्यलाई नेतृत्व विकास तालिम दिइएको छ । संस्थाका सदस्यको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित भएको तालिममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गरिन् ।
तालिममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ जे नेपालका द्वितीय उपाध्यक्ष एवं महिला उद्यमी मिलन थापाले हरेक क्षेत्रमा गर्विलो उपस्थितिका लागि नेतृत्व विकासको आवश्यकता महत्वपूर्ण हुँदै गएको बताइन् । उनले घर, परिवारदेखि समाज, संघ, संस्था र देशलाई सफल बनाउन असल नेतृत्व आवश्यक हुने औंल्याइन् । ब्युटि सिटी अध्यक्ष सबी शेरचनले पछिल्लो समय महिला विभिन्न सामाजिक संघ, संस्थाबाट अगाडि बढ्न चाहे पनि निर्धक्क भएर आफ्नो कुरा राख्न अझै पनि समस्या हुने गरेको जनाइन् ।
तालिम संयोजक दुर्गा मर्सानीले १ दिन छोटो समय भए पनि बोल्ने कलासम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गर्न सफल भएको धारणा राखिन् । लियो क्लब अफ पोखरा संगम अध्यक्ष रोजिना श्रेष्ठले तालिमले माइक प्रयोगदेखि भाषण गर्दा ध्यान दिनुपर्ने विविध विषयका बारेमा स्पष्ट हुने अवसर पाएको अनुभव सुनाइन् । तालिममा कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) अध्यक्ष विश्वास भण्डारी, रिजन चियरपर्सन शिला अधिकारी, जोन चेयरपर्सन महेश श्रेष्ठ, डिस्ट्रिक्ट अफिसर मिना प्रधान, डिस्ट्रिक कोचिफ नवीना श्रेष्ठ, आइसिटी सहकारीका व्यवस्थापक मनमाया तामाङ लगायतले बोलेका थिए । तालिममा ३० जना सहभागी थिए ।








हेड्स नेपालको विद्यार्थीलाई सहयोग
‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया