जोन ११ का लायन्स क्लबको पदस्थापन

पोखरा ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आइ नेपाल अन्तर्गत जोन ११ का क्लबहरूको संयुक्त पदस्थापन सोमबार भएको छ । कार्यक्रममा लायन्स क्लब अफ लेखनाथ सेभेन लेकसिटी, लेखनाथ मेट्रो सिटी र लेखनाथ लेकसिटीका वर्ष २०२२/२३ नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको हो ।
कार्यक्रममा डिस्ट्रिक्ट ३२५ आई नेपालका गभर्नर रामबहादुर बसेलले ३ वटै क्लबका वर्ष २०२२/२३ का अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराए । द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायनवादको परिचयसहित सपथ ग्रहण गराए ।
लायन वर्ष २०२१/२२ का तिन वटै क्लब लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटी, लेखनाथ मेट्रो सिटी र लेखनाथ लेक सिटीका अध्यक्षहरू क्रमशः बद्रिनाथ भण्डारी, बलराम बराल र सुरजजंग ढुंगानाले आफ्नो कार्यकालमा भए गरेका कार्यक्रमको विषयमा जानकारी दिएका थिए । लायन वर्ष २०२२/२३ का अध्यक्षहरू क्रमशः गोविन्द लामिछाने, उत्तम भण्डारी र विजय भण्डारीले हालसम्म गरेका कार्य र भावी योजना प्रस्तुत गरे ।
डिस्ट्रिक्ट गर्भनर बसेलले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यको निरन्तरता र गर्न बाँकी रहेका सबै सेवा २०२२/२३ मा हुने विश्वास व्यक्त गरे । गभर्नर बसेलले डिस्ट्रिक्टमा मनोनित लायन्स लिडरलाई प्रदान गरिएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेकोमा यही नै ‘आ विलिभ ईन टिमवर्क’ नाराको उदाहरण भएको बताए ।
डिस्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले डिस्ट्रिक्ट गभर्नरले ल्याएको कार्यक्रम लामो समयसम्म चल्ने र दीर्घकालीन सोचका साथ आएको बताए । डिस्ट्रिक्ट एडमिनिट्रेटर शैलेन्द्रमोहन भट्टराईले डिस्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई उत्कृष्ट ढंगले सम्पादन गर्न क्लबका अध्यक्षहरूलाई आग्रह गरे ।
कार्यक्रमको पहिलो सत्रको अध्यक्षता सेभेन लेकसिटीका २०२१/२२ अध्यक्ष बद्रीनाथ भण्डारी र दोस्रो सत्रको अध्यक्षता २०२२/२३ लेखनाथ सिटीका अध्यक्ष विजय भण्डारीले गरेका थिए ।









एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
सर्भर स्लो, राजस्व लक्ष्य टाढा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया